Monday, May 4News That Matters

इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमणको प्रयास

पूर्णपुष्टि,असार १४ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ । प्रदेश १ को नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेको हो ।

भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौति विषयक अन्तरसंवाद कार्यक्रममा भाग लिन इलाम पुगेका थिए । सोही बेला चोक बजारमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले कालो झण्डा देखाएका थिए ।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालोभण्डा प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी डिल्ली घिमिरेले कालो झण्डा देखाउँदै विरोध गरेको र अहिले अवस्था सामान्य रहेको हिमालप्रेसलाई जानकारी दिए। ‘पहिचानवादीहरूले चोक बजारमा कालो झण्डा देखाउने काम गरेका हुन्,’ उनले भने, ‘अरू अप्रिय घटना केही भएको छैन।’