Friday, May 1News That Matters

इलाममा सुहाङकाे जीत

पूर्णपुष्टि, वैशाख १८ ।

ईलाम क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङले जितेका छन् । बुवा स्व. सुवासचन्द्र नेम्वाङकाे ठाउँमा उपनिर्वाचन हुँदा उनी विजयी भएका हुन् । उनले २७,७७२ मत पाए । निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसका डम्बर ब खड्काले २१,९४२ मत पाए । पहिचान पक्षबाट स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिङ्ह लिम्बुले ११,४५७ पाउँद राष्ट्रिय स्तन्त्र पार्टिका मिलन लिम्बुले ५०५० मत पाए ।

याे जीतसंगै सुहाङले स्व. बुवा र एमालेकाे विरासत टिकाउन सफल भएका छन् । उनलाई गठबन्धनमा रहेकाे नेकपा माओवादी केन्द्रकाे सहयाेग रहेकाे थियाे ।