
पूर्णपुष्टि, असाेज १२ ।
सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,३,२ र १ वडा उच्च जाेखिममा परेकाे छ । वडा नं. ८ काे एलके खाेजबाट पसेकाे बाढीले सिसाैलीसम्म डुबान पारेकाेछ ।
अत्याधिक मात्रामा आएकाे बाढी बाँध नाघेर गाउँ पसेकाे र डुबानमा परेकाे मेयर अशाेक कार्कीले जानकारी दिए । भारी वर्षातसमेत भईरहेकाेले साे क्षेत्रमा उद्धार कार्यमा समस्या परेकाे छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितकाे सुरक्षा प्रमुखहरुकाे टाेली डुबान क्षेत्र तर्फ गएका छन् ।
