Tuesday, April 21News That Matters

उदयपुरका किरण कार्की यु–२० महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको गाईघाट फुटबल क्लबका प्रशिक्षक किरण कुमार कार्की साफ यु–२० महिला टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

आईतबार नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सातदाबाटोस्थि एन्फा क्म्प्लेक्स आधिकारीक नियुक्ति पत्र हस्ताण्तरण गर्दै किरण कार्कीलाई सहायक प्रशिक्षमा नियुक्ति गरेका हुन् । उनिसहित मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ, सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा मीन बहादुर बस्नेत र टोली व्यवस्थापकमा इन्दु दुवाललाई नियुक्त गरिएको हो । बंगलादेशमा आगामी जुलाई ११ देखी २१ सम्म आयोजना हुने साफ यु–२० महिला च्याम्पियन सिप २०२५ को लागी मुख्य प्रशिक्षक सहित ५ जनालाई (एन्फाले) नियुक्त गरेको हो ।