Wednesday, June 3News That Matters

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

पूर्णपुष्टि, बैशाख ९
पुन जनप्रतिनिधिमा निर्वाचित हुने आशमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले राजिनामा दिन थालेका छन् । आज बैशाख ०९ गते सम्म ३१ जना प्रतिनिधीले राजिनामा दिईसकेका छन् । वडा नं.२ का वडाध्यक्ष भमान सिंह बस्नेत , ५ का केदार थापा (उदव), १३ की पशुपति चौधरी लगाएत बडा अध्यक्षले राजिनामा दिएका छन् । यस्तै वडा सदस्यहरु जयराम पञ्जीयार, कृष्ण बुढाथोकी, तारा सार्की, मान व. मगर, तनुकलाल चौधरी लगायतले समेत राजिनामा दिएका छन् ।
धेरै जनप्रतिनिधीको नाममा वेरुजु रहेकाले नगरपालिकाले भोली शनिबार पनि कार्यालय सञ्चालन गरी वरुजु हुने र राजिनामा लिने काम गर्ने त्रियुगाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताएका छन् । यो नगरका प्रमुख बलदेव चौधरी र उपमेयर देवि कुमारी चौधरी समेत पुन उठ्ने भएकोले राजिनामा दिने तयारीमा छन् ।