
पूर्णपुष्टि, वैशाख ९ गते ।
त्रियुगा नगरपालिका वडा नं. १३ कि वडाध्यक्ष पशुपति चौधरीले आज राजिनामा दिएकी छिन् । जनताले पुन जनप्रतिनिधि बन्न अनुरोध गरेसंगै चुनाबमा उठ्न राजिनामा दिएकी हुन् ।
चौधरी त्रियुगा नगरपालिका भित्रका १६ वडामध्येकी एकमात्र अध्यक्ष रहेकी थिइन् । उनलाई एकीकृत समाजवादीले सर्वसहमत उमेदवार चयन गरिसकेको छ । त्रियुगा भित्रका १६ वडाका अध्यक्षमध्ये उनी तुलनात्मक रुपमा सफल वडाध्यक्ष मानिन्छिन । जनताले पुन आफुलाइ अनुरोध गरेकाले वडाध्यक्षमा उठ्न लागेको चौधरीले बताइन् । उनले आफ्नो कामबाट जनता सन्तुष्ट भएकाले फेरि जित्नेमा आफू ढुक्क रहेको दाबी समेत गरेकी छिन् ।
