
पूर्णपुष्टि, वैशाख ९ गते ।
उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन खोप लाईने भएको छ । १५ महिना देखि १५ वर्षमुनी सम्मका बालबालिकालाई पुन : टाईफाई विरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यस अघि टाईफाई विरुद्धको खोप सञ्चालन हुँदा केही बालबालिकाहरु छुट भएको भन्ने बुझिएकोले पुन सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उदयपुर अस्पतालमा वैशाख ११ गते देखि १३ गते सम्म पुन : खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख वृत कुमार दासले जानकारी दिनुभयो ।
