Wednesday, June 3News That Matters

चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

पूर्णपुुष्टि, वैशाख ९ गते ।
चौदण्डीगढी नगरपालिकामा पनि काङ्ग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको गठबन्धन उदयपुरको निर्णय अनुसार काङ्ग्रेस एक्लै चुनावमा भागलिने निर्णय गरेको हो । काङ्ग्रेस बाहेक गठबन्धनका अन्य पार्टी माओवादी केन्द्र, नेकपा एस र जनतासमाजवादी पार्टीले भने गठबन्धन गर्ने भएको छ ।
हिजो मात्रै बसेको गठबन्धनको बैठकले त्रियुगा नगरपालिका र ताप्ली गाउँपालिकाको निर्णय बारे टुङगो लगाएको थियो । जसमा त्रियुगामा पनि काङ्ग्रेस एक्लै लड्ने निर्णय भएको थियो । यता ताप्लीमा भने जसपा एक्लै लड्ने भएको छ ।