Tuesday, June 2News That Matters

उदयपुरका दुई ठुलो नगरपालिकाहरुमा यस कारण हुन सकेन मतगणना

पूर्णपुष्टि, बैशाख ३
उदयपुरको दुई ठुला स्थानीय तहको रुपमा रहेको त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा मतगणना हुन सकेको छैन् । यी दुवै नगरपालिकाहरुमा विवादका कारण मतगणनामा समस्या आएको हो ।

त्रियुगा नगरपालिकाको १२ नं वडामा भएको विवादले त्रियुगाको मतगणनामा असर पारेको छ । विवादपछि मतदाताहरुले फेरी मतदान गर्न पाउनु पर्ने भन्दै विरोध गरेपछि मतगणनामा समस्या आएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब त्यस ठाउँमा फेरी निर्वाचन गराई एकै चोटी मतगणनाको काम अघि बढाउने जनाएको छ । त्यहाँ उम्मेदवार हराउने हिसावले निर्वाचन अधिकृतहरुले नै स्वतन्त्र रुपले मतदान गर्न नदिएको र बिभिन्न झन्जटहरु देखाउँदै मतदाताहरुलाई असर पुराउने काम गरेको मतदाताहरुले आरोप लगाएको छ ।

उनिहरुले नङ्मा मसि मात्र लगाई दिने अनि मत पत्र भने नदिने र आफै मतदान गर्ने गरेको कारण आपुहरु मतदान बाट बन्चित भएको भन्दै असन्तुष्टिका साथ मतहरु रद्ध गरी फेरी मतदान गर्नु पर्ने उनिहरुका माग छ । यस्तै कटारी नगरपालिकामा पनि मतपेटिकाको विषयमा गोली चल्दा एक जना युवाको ज्यानै जान पुग्यो । उनको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।

प्रहरीको गोलीबाट १९ बर्षिय नविन कटुवालको ज्यान गयो भने १४ बर्षिय मन कुमार श्रेष्ठ घाईते अवस्थामा छ । मत पेटिकाको बिषयमा झडप हुँदा प्रहरीले गोली चलाएका थिए । यसै विषयमा स्थानीयहरुले प्रहरीलाई निलम्बन तथा कार्वाहरी सत्य तथ्य घटनाको छानविन गर्न माग गर्दै मतगणना हुन दिएको छैन् ।
उदयपुरको अन्य ६ पालिकाहरुमा भने मतगणनाको काम धमाधम भैरहेको छ । जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ ओटा स्थानीय तहहरु रहेका छन् । यस मध्ये त्रियुगा नगरपालिकामा १६ ओटा वडाहरु रहेका छन् भने कटारीमा १६ ओटा वडाहरु रहेका छन् । यस मध्ये ४ गाउँपालिका सहित २ नगरपालिकामा भने मतगणनाको काम तिव्र रुपमा चलिरहेको छ ।