
पूर्णपुष्टि, वैशाख ३१ गते ।
यही वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा लिम्चुङबुङका २ वटा वडामा नयाँ जनप्रतिधिनी चयन भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनको मत गणनाको परिणमका आधारमा वडा नं. ४ बलम्ता र ५ जातेमा नयाँ जनप्रतिनिधी चयन भएका हुन् ।
वडा नं.४ बाट वडा अध्यक्ष पदमा गठबन्धनको जनता समाजवादी पार्टीका छत्रबहादुर राई ४ सय २८ मतले विजय भएको हो । त्यस्तै महिला सदस्यमा नेकपा एमालेको चामु राई ३ सय १९, दलित महिला सदस्य माओवादी केन्द्रकाट भक्त माया विश्वकर्मा ३ सय २३ र खुल्ला सदस्यहरुमा माओवादीबाटै चिनबहादुर राई ३ सय ६७ र मन्दिप राई ३ सय ६० मतका साथ वडा नं. ४ बाट बिजय भएका हुन् । १ नं. वडाबाट माओवादी केन्द्रका दलित महिला सदस्यमा देवी कुमारी कामी निरविरोध चयन भइसकेकी थिइन् ।
यता वडा नं. ५ मा नेपाली काँग्रेसकाबाट कविचन्द्र राई ३ सय ४ मतका साथ वडा अध्यक्ष पदमा चयन भएको हो । वडा नं. ५ मा महिला सदस्य एमालेकी पार्वती राई ३ सय ६, दलित महिला सदस्य एमालेकै पदम माया वि.क ३ सय र खुल्ला सदस्यहरु एमालेबाटै कैलाश वि.क. २ सय ८९, ठाकुर प्रसाद कोईराला २ सय ७६ मदका साथ चिर्वाचित भएका छन् ।

