Sunday, April 19News That Matters

उदयपुरका नेता डा. नारायण खड्कालाई सरकारको परराष्ट्रमन्त्रीमा नियुक्ती गर्ने

पूर्णपुष्टि, असोज ६
उदयपुरबाट केन्द्रीय सांसदमा जितेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई सरकारले परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. खड्कालाई परारष्ट्रमन्त्री बनाउने बताएका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धन स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’
परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि विग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । त्यसैले सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार डा. खड्का बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुँदैछन् ।