Monday, April 20News That Matters

झापाको छुट्टा छुट्टै स्थान बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

पूर्णपुष्टि, असोज ६

झापाको दमक(१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा भद्रपुर(७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर(९ का ४९ बर्षीय दिल बहादुर राई, भद्रपुर(१० का ५० बर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड(१ का ४२ बर्षीय तिर्थ अधिकारी, कन्काई(३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन ।
यसै गरी भाmपाकै गौरादह(५ का ४५ बर्षीय हरि कोईराला, कमल गाँउपालिका(४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक(७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन । यस्तै बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे(१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान(४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान(५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान(६ का ४४ बर्षीय रुपेश तामाङ रहेका छन । दमक(१ बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा हिजो राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।