Monday, April 20News That Matters

प्रियांका कार्कीले जन्माईन छोरी

पूर्णपुष्टि, असोज ६
नेपाली चिर्चित नायिका प्रियांका कार्कीले छोरी जन्माएकी छिन् । छोरी जन्माएपछि नायिका कार्की र नायक आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन् । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् ।
प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।