
पूर्णपुष्टि, असोज २ गते ।
निर्वाचन आयोगले उदयपुरका विभिन्न नौ मतदानस्थल परिवर्तन गरेको छ । आयोगका अनुसार त्रियुगा नगरपालिका वार्ड न ३ को रामजानकी माध्यमिक विद्यालय मोतिगडाको मतदानस्थल जनता वहुमुखी क्याम्पस मोतिगडामा सारिएको छ । यस्तै १३ नं वडाको बहेडुवा वन उपभोक्ता सामुदायिक भवनमा हुने मतदान जनता निम्न माध्यमिक विद्यालयमा सारिएको छ ।
यस्तै रौतामाइ गाउपालिका वार्ड नं ३ को जनता माध्यमिक विद्यालय लाफागाउँको मतदानस्थल वडाको कार्यलय भवनमा कायम गरिएको छ भने आधारभुत विद्यालय एमुटारको मतदानस्थल वडा नं आठको वडा कार्यलय भवनमा सारिएको छ । चौदण्डीगढी नगरपालिका राजाजी प्राथमिक विद्यालयको मतदान स्थल नमूना जनता मा.वि. हडिँयामा कायम गरिएको छ । यस्तै सोही नगरपालिकाको वार्ड न १० को वडा कार्यलयको मतदानस्थल लौवागढी मा.वि. खैराझोडामा सारिएको छ ।
उदयपुरगढी गाउँपालिकाका तीन मतदानस्थल समेत निर्वाचन आयोगले परिवर्तन गरेको छ । जसमा नमूना देवी आधारभुत विद्यालय माङ्सिरटार को मतदानस्थल वडा नं २ को वडा कार्यलय भवन कायम गरिएको छ । सोही गाउपालिका वडा नं ६ को माध्यमिक विद्यालय जगरेटार नेपालटारकको मतदान स्थल आंसिक रुपमा आधारभुत विद्यालय कोपिलेधर सोलिढुङ्गामा सारिएको छ ।
मतदाताको सहजताका लागि मतदानस्थल सार्ने निणर्य गरीएको निर्वाचन आयोगले जनाएको छ ।
