Thursday, June 4News That Matters

उदयपुरका पम्पमा पेट्रोलको अभाव, प्रमुख जिल्ला अधिकारी बेखबर

पूर्णपुष्टि, बैशाख २१
उदयपुरमा पेट्रोलको अभाव हुन थालेको छ । सदरमुकाम गाईघाट, मोतिगगडा र देउरीमा रहेका पम्पहरुमा पेट्रोल छैन भनि लेखिएको ब्यानर टासेर पेट्रोलको विक्री वितरण रोकिएको छ । पेट्रोल छैन भनि लेखिएका पेट्रोल पम्पमा डिजेल भने विक्री वितरण भईरहेको छ । पेट्रोल अभाव हुनुपर्ने कुनै कारण नभएपनि उदयपुरमा अस्वभाविक रुपमा पेट्रोल अभाव देखिन थालेको छ ।

बन्द अवस्थामा रहेको रियाज पम्प

 

उदयपुरमा किन पेट्रोलको अभाव भएको भनि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले “पेट्रोल अभाव भएको आफुलाई जानकारी नभएको” जवाफ दिए । जिल्लाको शान्तिसुक्षा आपूर्ती लगायतका विषयमा व्यवस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नै सदरमुकामै रहेका पम्पमा पेट्रोल आभाव भएको बेखबार हुनु गैह्र जिम्मेवारीको पराकाष्ठ हो । पेट्रोल अभाव भएको बारेमा पम्प संचालकले भने दुईदिनको विदाको कारणले अभाव भएको जवाफ दिएका छन् । उदयपुरका पम्प संचालकले जिल्लामा पेट्रोलको कति माग छ भनि बुझ्दाबुझ्दै पनि आफुखुशी पेट्रोलको आपूर्ती गर्ने गरेको कारण आभाव हुने गरेको छ ।

बन्द अवस्थामा रहेको उर्जा पम्प