
पूर्णपुष्टि, बैशाख २१
सामाजिक सञ्जालमा अहिले एउटा तस्वीरको खुब चर्चा भईरहेको छ । हिजो सामाजिक सञ्जालमा सार्वजनिक भएको सो तस्वीरले राजनीतिक संस्कारको नमुना देखाएको छ ।
उक्त तस्वीरमा त्रियुगा नगरपालिकामा मुख्य प्रतिस्वर्धी ठानिएका माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धन, काग्रेस र एमालेबाट प्रमुखमा र उपप्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु रहेका छन् । राजनीतिक कार्यक्रममा एकअर्काको खैरो खन्ने, एकअर्काको उछित्तो काट्ने उम्मेदवारहरुले गाईघाटको एक कार्यक्रममा सामुहिक तस्वीरमा देखिएका छन् । सबै उम्मेदवार हाँसिरहेको देखिएपनि जनताले कुन उम्मेदवारलाई पत्याउने हुन त्यो भने अहिले अनुमान गर्न गाह्रो छ ।
