Thursday, August 13News That Matters

पोखरीमा डुबेर बालकको मृत्यु

काठमाण्डौँ, बैशाख २१

संखुवासभाको मादी मुलखर्क नगरपालिका–३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकककै आमाले देखि तत्काल मादी क्लिनिकमा लगिकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ । (रासस)