Sunday, June 14News That Matters

उदयपुरका २९ अगुवा किसानलाई ब्यवसायीक बाख्रापालन सम्बन्धि ३ दिने तालिम

पूर्णपुष्टि, ४ जेष्ठ ।
हुरेण्डेक उदयपुरले उदयपुरका २९ जना व्यवसायीक किसानहरुलाई बाख्रापालन सम्बन्धि ३ दिने तालिम प्रदान गरेको छ । ताप्ली कटारी रौतामाई र त्रियुगाका किसानहरुलाई तालिम प्रदान गरिएको हो । उनिहरुलाई व्यवसाय बाख्रापालनमा सहज बनाउने उदेश्यले तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीले बताए । सुवेदीका अनुसार तालिमले किसानहरुलाई प्रविधि ज्ञानमा बिषेश प्राथामिकता दिएको जनाए । किसानहरुमा पसु सम्बन्धि सामान्य खालको ज्ञानहरु नहुँदा आर्थिक क्षेत्रमा ठुलो असर पर्ने गरेको बताए । व्यवसायीक किसानहरुका लागि यो तालिम निकै महत्व हुने संयोजक सुवेदीले जनाए ।

गाईघाट स्थित मंगलबार बाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा प्राविधिक ज्ञान, बाख्रा खोर सुधार, सरसफाई, बिमाको महत्व, घाँस रोप्ने र उत्पादन गर्ने तरिका र अनुमानको आधारमा खसीको तौल पत्ता लगाउने अभ्यास बारे आधि महत्वपूर्ण कुराहरुबारे सिकाईएको जिविको पार्जन परियोजना अधिकृत नरेन्द्र महर्जन महर्जनले बताए । महर्जनका अनुसार कृषक समूहका अगुवा किसानहरुले तालिममा उत्साहजनक सहभागी रहेको जनाए ।

यस्तै तालिममा सहभागी ताप्लीका अगुवा किसान झिल्लीसेर राईका अनुसार तालिमले बाख्रा पालनका लागि थप उत्साह र सहज बनाएको जनाए । पहिले यसबारे पूर्ण ज्ञान र शिक्षा नभएको अवस्थामा आफुहरुले बाख्रापालनमा बेलबेला समस्या भोग्दै आएको जनाए । तालिमले सामान्य भन्दा सामान्य कुराहरुको जानकारी दिएको राईले जनाए । यस तालिमको ज्ञानले अब आफुलाई बाख्रा पालनमा समस्या नहुने र थप पेसालाई थप सफलता दिलाउने जनाए । उनले तालिममा बिषेशगरी औषधी उपचार, खोप लगानउने बारे, बाख्रापालनको स्थान छनोट, बाख्राको प्रजाती आदि बारे बिषेश ज्ञान प्राप्त भएको जनाए ।

यस्तै अर्को सहभागी झलकमाया मगरका अनुसार बाख्रा पालनको आफ्नै नियम र मापदण्ड हुने कुरा यसै तालिमबाट सिकेको जनाईन् । कतिपय किसानहरु हचुवाको भरमा बाख्रा पालनमा हौसिएको जनाईन् । तालिममा भनिएको कुराहरुलाई लागु गर्न सके यसबाट राम्रो आम्दानी र व्यवसाय फस्टाउने कुरा तालिमबाट ज्ञान लिएको मगरको भनाई छ । उनले बाख्राको लागि औषधी उपचार , बख्रा गर्भधारण बिमा बारे अधिकांश ज्ञान तालिमबाटै प्राप्त भएको जनाए ।
तालिम समापन गर्दै हुरेण्डेक उदयपुरका अध्यक्ष संकर थापाले सहभागीहरुलाई सफल व्यवसायीक किसान बन्न सुझाए । उनले तालिमबाट सिकेका कुराहरुलाई ब्यवाहारमा कार्यन्वयन गर्न अनुरोध गर्दै आर्थिक पार्जन तर्फ हौसिन अनुरोध गरे । तालिमलाई पशु प्राविधि हेम कुमार खड्काले सहजीकरण गरेका थिए ।