Sunday, June 14News That Matters

विपन्न परिवारहरुलाई बाख्रा वितरण गर्दै हुरेण्डेक उदयपुर

पूर्णपुष्टि, ४ जेष्ठ ।
हुरेण्डेक उदयपुरद्धारा आर्थिक रुपमा विपन्न परिवारलाई बाख्रा वितरण कार्य संञ्चालन भैरहेको छ । आर्थिक स्थिति कम्जोर भएका करिब ४१ परिवारलाई हुरेण्डेकले धमाधम बाख्रा वितरण गरिरहेको हो । हुरेण्डेक उदयपुरकी जिविको पार्जन परियोजना फिल्ड अधिकृत समिक्षा पाण्डेका अनुसार बाख्रा वितरण कार्य बैशाख ३१ गते बाट सुरु भएको जनाईन् ।

पाण्डेले कटारी, रौतामाई र त्रियुगामा बाख्रा वितरण कार्य भैरहेको जनाईन् । पाण्डेका अनुसार ४१ घर परिवारलाई २ ओटाको दरले बाख्रा वितरण भैरहेको जनाईएको छ । हाल सम्म रौतामाई ७ मुर्कुचीका ६ घर परिवार र कटारी ९ लिम्पाटारका ७ घर परिवारलाई बाख्रा वितरण गरिसकेको जनाईन् । उनले बाँकी रौतामाई र त्रियुगामा पनि वितरण गर्ने कार्यक्रम रहेको जनाईन् । बाख्रा वितरण सामुदायमा रहेको बिपन्न, कुपोषीत, अपाङ्गता, एकल परिवार र आरसी बालबालिका परिवारलाई गरिरहेको जनाईन् । जिविको पार्जनमा केहि मदत पुग्ने र आर्थिक क्षेत्रमा सहजता थप्ने भन्दै त्यस्ता परिवारलाई छनोट गरी बाख्रा वितरण गरिएको हो । बाख्रा वितरण कार्यलाई वल्र्ड भिजन नेपालले आर्थिक सहयोग गरेका छन् भने, हुरेण्डेक उदयपुरले वितरणको कार्यक्रम गरिरहेको छ ।