Thursday, June 4News That Matters

उदयपुरका ७५ वडामध्ये ११ मा महिला वडाध्यक्षका उम्मेदवार

पूर्णपुष्टि, वैशाख २० गते ।
उदयपुरमा हरेका आठ पालिकामा ११ जना महिला वडाध्यक्षको उम्मेदवारको रुपमा प्रतिस्प्रर्धामा छन् । तर कुनै पनि वडामा वडाध्यक्षमा महिला महिला बीच प्रतिस्प्रर्धा भने छैन् ।
जिल्लाको बेलका नगरपालिकामा तीन जना महिला वडाध्यक्षको प्रतिस्प्रर्धामा छन् । जसमा नेपाली कांग्रेसबाट दिपा कुमारी राई, मंगोलल नेशनल अर्गनाईजेसनबाट निमा डोम्मा लामा र स्वतन्त्रबाट मत कुमारी राई घिमिरे छन् । यस्तै त्रियुगा नगरपालिकामा २ जना माओवादी र एकिकृत समाजवादीको गठबन्धनबाट पशुपति चौधरी साथै नेपाली कांग्रेसबाट गिता कुमारी मगर वडाध्यक्षको दौडमा छन् ।
त्यस्तै, रौतामाईमा गठबन्धनबाट फुलकुमारी आले एकल महिला वडा अध्यक्षको उम्मेदवार, उदयपुरगढीमा एमालेबाट उर्मिला कार्की र संगिता विश्वकर्मा र चौदण्डीगढीमा तीन दलीय गठबन्धनबाट उर्मिला राई, मंगोल नेशनल अर्गनाईजेसनबाट भिम कुमारी पुलामीको उम्मेदवारी रहेको छ ।
यता, ताप्लीमा एमालेबाट शारदा कुमारी मगरले उम्मेदवार रहेको छ, भने लिम्चुङबुङमा कुनैपनि महिलालाई वडाध्यक्षको पदमा उम्मेदवार बनाएको छैन् ।
जिल्लामा ११ जना महिला वडाध्यक्ष बन्ने दौडमा भएतापनि जनताको मतबाट कति महिला प्रतिनिधी आउने त्यो चासोको विषय बनेको छ ।