Monday, April 20News That Matters

उदयपुरकी किशोरी बाहिर बाट चुक्कुल लगाएको अवस्थामा लाहान स्थित आफ्नै कोठामा मृत फेला


पूर्णपुष्टि, भदौ २९

लाहानमा फेन्सी पसलमा काम गर्दै आईरहेकी उदयपुर घर भएकी २१ बर्षिय किशोरी लाहान स्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी छिन् ।
परिवारका अनुसार हिजो साँझ तिर उनी कोठामा मृत्यु फेला परेको आफुहरुलाई जानकारी आएको जनाएको छ । चौदण्डीगढी नगरपालिका १० खैरा घर भएकी किशोरी लाहानमा फेन्सी पसलमा काम गर्दै आएको परिवारले जनाएको छ ।
मृतक किशोरीकी मामाको छोरा राजेश चौधरीका अनुसार दिउँसो बाटनै साँझ सम्म कोठामा सुतिरहेको भन्दै घरबेटीले उठाउँदा मृत फेला पारेको कुरा आफुहरुलाई बताएको जनाएको छ । कोठाको खाटमा मृत फेला परेको र बाहिर बाट चुक्कुल लगाएको अवस्थामा करिश्मा मृत भेटिएको घरबेटीले परिवारलाई जनाएको राजेशले बताए ।

परिवारका अनुसार घटना अलिक रहस्यमय रहेको बताएको छ । मृतको घाँटीमा डोरीको डाम, र्याल, रगत, टाउकोमा पनि चोट र बाहिर बाट चुक्कुल लगाएर मृत भेटिनुले घटना रहस्यमय भएको परिवारको बुझाई छ ।
परिवारले घटना बारे प्रहरी सँग बुझ्दा मारेको हो या होइन भन्ने कुरा अनुसन्धान पश्चात थाहा हुने आफुहरुलाई प्रहरीले बताएको राजेशले बताए । लाश पोष्टमार्टमको लागि हस्पिटलमै राखिएको र अनुसन्धानको कामहरु भईरहेकाले मारेको हो या मरेको भन्ने बारे प्रहरीले अनुसन्धान पछि खुलाउने परिवारलाई बताएको राजेशको भनाई छ ।
आफुहरुले पनि लाशको अवस्था र घटना स्थल राम्रो अवलोकन गर्न नपाएकाले घरबेटी र प्रहरीका भनाई अनुसार लाशको प्रकृतिलाई बुझ्दा घटना घटेको भन्दा पनि घटाइएको हो की भन्ने आशंका गर्ने बाटो देखिएको परिवारले बताए । मृतकी जेठा दाई सन्देश्वर चौधरीले घटना बारे अनुसन्धान भईरहेको बारे प्रहरीलले आफुहरुलाई बताएको जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको र लाश घरमा लगेर काज किरिया गर्दै गर्न प्रहरीले आफुहरुलाई भनेको बताएको छ । लाश भोली वडाबाट मान्छेहरु गए पछि मात्रै ल्याउने भएको छ ।