Sunday, April 19News That Matters

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

पूर्णपुष्टि, भदौ २९
झापाको बिर्तामोड–३ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।
ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद भएको थियो।
अनुसन्धानको क्रममा राईले ब्राउनसुगर ओसारपसारमा लिम्बुको समेत संलग्नता रहेको खुलाईदिए पश्चात उनलाइ समेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएकोे छ ।