Sunday, April 19News That Matters

लागूऔषध सहित ३ जना पक्राउ

पूर्णपुष्टि, भदौ २८

सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।
हिजो दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ पक्राउ गरेको छ । तिनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।