
पूर्णपुष्टि, असोज ६ ।
प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा आज प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीबाट पत्रकारिता गर्दै आएकी पत्रकार रेनु पराजुली पुरस्कृत हुदैछिन् । १५ हजार रासीको सो पुरस्कार आज दिउसो २ बजे काउन्सिलको बार्षिकोत्सव कार्यक्रममा पराजुलीले पाउने भएकी हुन् ।

ओखलढुंगाबाट पत्रकारिता केरियर बनाएकी उनी हाल गृहजिल्ला उदयपुरको कटारीमा रहेर पत्रकारिता गर्दै आएकी छिन् । उनले समावेसी एफएम सञ्चालन गरिरहेकी छिन् । सो पुरस्कार पराजुलीसहित देशभरका १४ जना युवा पत्रकारहरुले पाउनेछन् । १ नं. प्रदेशकै इलामका सटेन्द्र जगेबु पनि सो पुरस्कारबाट पुरस्कृत बन्दैछन् ।२० हजार राशीको यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारतर्फ देशभरका सातजना पत्रकारहरु पुरस्कृत हुदैछन् । जसमो १ नं. प्रदेशबाट झापाका गोविन्द क्षेत्री पुरस्कृत हुदैछन् । यसवर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइने काउन्सिलले जानकारी दिएको छ । सो पुरस्कारको राशी ५० हजार रहेको छ ।
यसवर्षको सबैभन्दा ठूलो पुरस्कार प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । भने यसवर्षको १ लाख १० हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

