
पूर्णपुष्टि, जेठ १६ गते ।
उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा आज (सोमवार) बिहान २ः३० बजे ट्रक दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । जिल्लाको पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाईड्रोपावरको लागी लादै गरेको ना ८ ख ८२९७ नं. को लोबेड (ट्रक ) आफै अनियन्त्रित भई सडकबाट अं. १ सय मीटर तल खोलामा झरी दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खडका, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायले बताए ।
ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरिक्षकसहितको प्रहरी टोलि घट्नास्थलमा गई लाश निकाल्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
