
पूर्णपुष्टि, जेठ १६ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा नेपाली काङ्ग्रेसकाे वसन्त बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राईलाई नगरबासीले चसनृका छन् । २०७९ बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा अमुल्य मतदान गरि नगरबासीले अबकाे पाँचवर्षका लागि जिताएकाे हाे ।
गणना १००१ बाँकी हुँदा उपमेयरकाे निश्चित भएकाे हाे । त्यसअघिनै मेयरकाे निश्चित भईसकेकाे थियाे । दुबै पदमा फराकिलाे अन्तर छ । नगरमा ४०,१७९ मत खसेकाे थियाे ।
अब मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै त्रिगुगाकाे गणना सम्पन्न हुनेछ ।
