
२ चैत्र, २०८२ । उदयपुर
उदयपुरको कटारी नगरपालिका -८ थलियाटारकी ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको हो ।
घर नजिकै रहेको खसीबाख्रा गोठबाट खसीबाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले घर नजिकैको कुटमिरो रुखको हाँगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोडले जानकारी दिनुभयो ।
घटना लगत्तै उनलाई प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
तामाङसहित कटारीमा सोही हुण्डरीका कारण दुईजनाको मृत्यु भयो । तामाङ भन्दा केही समय अघि कटरी नगरपालिका -५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । उनीसँगै पाँच जना घाइते भएका छन् ।
