
पूर्णपुष्टि, चैत्र, ३ गते ।
दलित अधिकार संञ्जाल उदयपुरले सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कडा कार्वाही नगरे सडकमा आन्दोलन निकाल्ने चेतावनी दिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन पत्र बुझाउँदै हत्यामा संलग्न दोषीमाथी निष्पक्ष छानविन गरी कडा कर्वाही र उचित क्षेतीपुर्ति पिडित परिवारलाई दिनु पर्ने माग रहेको छ । संञ्जालले बिभिन्न ७ बुदामा आफुहरुको स्पष्ट माग राखेको छ । संञ्जालका अध्यक्ष मेम बिकले जातको आधारमा दोषीलाई सुविधा दिने काम नगर्न सरकारलाई आह्वान गरेको छ । दलितको हकमा यस्ता धेरै कानुनका निर्णय र कार्वाहीको कार्यान्वयनहरु कमजोर हुने गरेको अध्यक्ष बिकले बताए । धेरै दलीत समुदायकी नारीहरुलाई बलत्कार पछि सहजै हत्या गर्ने र कार्वाहीको पक्ष कमजोर हुने भएको हुँदा थप यस्ता घटनाले प्रशय पाईरहेको कुरा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन् । यदि यो घटनालाई पनि बिभिन्न बाहानामा बचाउन कोशिस गरे अवबको स्थिति सहज नहुने दलित अभियान्ताहरुको चेतवनी छ । उक्त ज्ञापन पत्र सिडियो कार्यालय मार्फत प्रधानमन्त्रीलाई तत्काल पठाउन संञ्जालले आह्वान गरेको छ ।

