
पूर्णपुष्टि, असार १ । उदयपुरको कटारी नगरपालिकामा सडक बत्ति जडान सुरु गरिएको छ । कटारी–४ स्थित मदन भण्डारी राजमार्गबाट पहिलो चरणको सडक बत्ति जडान सुरु गरिएको हो ।
कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले रातको समयमा हुने जोखिम न्युनिकरण र नगरलाई उज्यालो बनाउने अभियान अन्र्तगत वत्ती जडानको काम थालिएको बताएका छन् । उनका अनुसार वत्ती जडानको काम नगरको विभिन्न आवश्यक बजार र वस्तीहरुमा गरिने छ । काम सुरु भएको र जारी रहेकाले अहिले नै यति लागतको भन्ने यकिन नभएको मेयर श्रेष्ठले बताए । ‘उज्यालो नगर अभियान अन्र्तगत काम सुरु गरेका छौं ।’मेयर श्रेष्ठले भने, ‘नगरको अन्य बजारहरु, घुर्मी बजार, तथा आवश्यक गाउँ वस्ती र बजारहरुमा लगाउने भन्ने बारे छलफल भईरहेको छ ।’
