
पूर्णपुष्टि, २ असार ।
श्री नवउदय सामुदायिक वनले उपभोक्ताहरुलाई विमालेख प्रमाण पत्र हस्तान्तरण गरेको छ । शनिवार त्रियुगा नगरपालिका १० र ११ चप्पन बरुवाधार स्थित आफ्नो ३ सय ५ जना उपभोक्ता सदस्यहरुलाई मिालेख प्रमाण पत्र हस्तान्तरण गरेको समूहका अध्यक्ष जिवन पाण्डेले जनाए ।
पाण्डेका अनुसार प्रति व्यक्ति १ सय ४५ का दरले रु १ लाख बराबरको दुर्घटना बिमा गरिएको हो । प्रति व्यक्तिलाई ४४ हजार २ सय २५ रुपयाँको लगानीमा बिमा गरिएको पाण्डेको भनाई छ । पाण्डेले वनको आम्दानी उपभोक्ताहरुलाईनै लगानी गरिएको समेत जनाए । नवउदय सामुदायिक वनले सामुदायिक वनको सम्पत्ति उपभोक्ताहरुलाई नै सेवा सुविधाको रुपमा उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेको भनाई छ ।

यता दुर्घटना बिमाको बिमालेख प्रमाण पत्र पाएपछि उपभोक्ताहरु खुसी भएका छन् । बिमाको महत्व बुझी उपभोक्ताहरुको सामुहिक बिमा बनकै लगानीमा गरेको भन्दै उनिहरु खुसी बनेको हो । सदस्यहरुले बिमा आवश्यकीय रहेको र यो आफुनो बिना लगानीमै बिमा गर्न पाउँदा उत्साहित बनेको जनाए ।
बिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी मार्फत गरिएको छ । ३ सय ५ जना सदस्यको ३ करोड ५ लाख बराबरको दायित्व हुने गरि सामुदायिक वन सँग दुर्घटना बीमाको सम्झौता गरिएको इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका मेनेजर डिबि कटुवालले जानकारी दिए । बिमालेख प्रमाणपत्र त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको प्रमुख आथित्यतामा गरिएको थियो । बस्नेत सहित बनका अध्यक्ष जिवन पाण्डे, वडा नं १० का वडा अध्यक्ष किरन पाण्डे, सब डिभिजन बन कार्यलयको अधिकृत युबराज आचार्य र बिमा कम्पनीका डिभि कटुवाल सहितले हस्तान्तरण गरेका थिए ।

