उदयपुरको कोभिड अस्पताल रितियो तर कोरोना क्रस कायमै

पूर्णपुष्टि, असोज १८
उदयपुरको कोभिड अस्पतालबाट सवै कोरोना संक्रमित डिस्र्चाज भएपछि अस्पताल रिक्त भएको छ । आईतवार ४ महिला र २ पुरुष गरी ६ जनाले कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल रितिएको हो । तर उदयपुरमा कोरोना संक्रमत पूर्णरुपमा शुन्य नभएकोले क्रस भने कायमै रहेको छ ।
उदयपुरमा आज (सोमवार) थप १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएको संक्रमित कटारी नगरपालिका–७ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितकोे संख्या ३ हजार ५६३ जना पुगेको हो ।

जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ८६५ पुरुष र १ हजार ६१४ महिला गरी ३ हजार ४७९ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १७ पुरुष र १४ महिला गरी ३१ जना मात्र संक्रमण मुक्त हुन बाँकी रहेको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने कुल संख्या ३६ पुरुष र १६ महिला गरी ५२ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0