Friday, May 1News That Matters

उदयपुरको चौदण्डीगढी दरबारबाट किरातीहरुको नयाँ बर्ष (येलेदङ) ५०८४ भव्य

पूर्णपुष्टि, १ माघ ।
उदयपुरका राई समुदायहरुले बिभिन्न कार्यक्रमको आयोजना गरी नयाँ बर्ष (येलेदङ ५०८४) मनाएको छ । आईतबार चौदण्डीगढी नगरपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक स्थल चौदण्डीगढी दरबारमा किरात सांस्कृतिक कलकार संघ उदयपुरले आयोजना गरेको शुभकामना आदान प्रदान सहितका कार्यक्रम गरिएको हो ।

शुभकामना आदान प्रदानका प्रमुख अतिथि समेत रहेका आदिवासी जनजाति आयोगका सदस्य शरण राईले येलेदङ किरातीहरुको महत्वपूर्ण समय रहेको जनाए । यस दिन किरातीहरुको नयाँ बर्षको रुपमा समय फेरीने जनाए । यस सँग सम्बन्धित किरात समुदायहरुले येलेद संम्वतलाई थप प्रचार प्रसार गर्नु पर्ने सदस्य राईको बुझाई छ । उदयपुरमा चौदण्डीगढी दरबार, गाईघाट, बेल्टार, बेलका लगायत स्थानहरुमा येलेदङ धुमधाम मनाईएको छ । यो सँगै किरात समुदायहरु बसोवास गर्ने पूर्वी जिल्लाहरुमा राई, लिम्वु, याख्खा र सुनुवारहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम र बिभिन्न परिकारहरु बनाएर यस दिवसलाई भव्य मनाईरहेको छ । किरात राई यायोख्खा उदयपुरले पनि आज साँझ दिप प्रज्वलन गरी दिवसको सम्झाना गर्नेछ ।