Thursday, May 21News That Matters

कलावार सेवा समाज उदयपुरको अध्यक्षमा पुन : अर्जुन कुमार चौधरी

पूर्णपुष्टि, पुष २९ । कलावार सेवा समाज उदयपुरको प्रथम अधिवेसन सम्पन्न भएको छ । शनिबार अर्जुन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट पुन स् अध्यक्षमा चौधरी नै दोहोरिएका हुन् ।

शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा चौधरी सहित उपाध्यक्षमा आनन्द कुमार भगत, सचिवमा दिलिप कुमार चौधरी, सह–सचिवमा अमित कुमार भगत, कोषध्यक्षमा सन्तोष कुमार भगत तथा सदस्यहरुमा राम दनुवार चौधरी, सन्तोषी चौधरी, महेश भगत, जोगेन्द्र प्रसाद भगत, दिपेन्द्र कुमार गुप्ता, सुरेन्द्र प्रसाद चौधरी, वन्दना शाह र प्रविन चौधरी चयन भएका हुन् ।

प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक रमेश भगत, विशेष अतिथिमा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश संयोजक गोपी लाल भगत लगायतको उपस्थिति रहेको थियो ।