
पूर्णपुष्टि, ६ चैत्र ।
उदयपुरको तिन पहाडी गाउँपालिकाले नेपाल सरकारलाई पक्की सडकको लागि बजेट माग गरेको छ । लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकाले नेपाल सरकारको अर्थ मन्त्रालयमा पक्की सडकको माग राखेका हुन् ।
यि तिनै पालिकाका अध्यक्षहरुले अर्थ मन्त्री बर्षमान पुनलाई आवश्यक बजेटको लागि मंगलबार साझा माग पेश गरेको छ । लिम्चुङबुङ गाउँपालिकाबाट सुरु भएको एउटै पुस्तामा समृद्ध पालिकामा पछिल्लो समय रौतामाई र ताप्ली पनि जोडिएका हुन् । पछिल्लो समय यी तिन पालिकाले पक्की सडकको लागि आवश्यक बजेट माग गर्न सरकार सँग दौडधुप गरिरहेको अवस्था छ भने सम्बन्धीत निकायहरु सँग समन्वयका लागि लडिरहेको छ ।

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, रौतामाईका बिरेन्द्र मगर र ताप्लीका ढुँगराज बिक एकै साथ मन्त्रालयमा पुगेर बजेट माग गरेको छ । यी तिनै पालिकाको सिमानाहरुमा सडक एक आपसमा संञ्चालन भएको छ । तिन पालिकाले साझा समृध्दिको लागि साझा आवाज लिएर नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुन समक्ष बजेट माग पत्र पेस गरिएको लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राईले जनाएको छ । मुर्कुची माझखर्क लिम्चुङबुङ हलेसी पर्यटन पक्की सडक र घुर्मी चतारा उदयपुर सडकको लागि बजेट माग गरिएको अध्यक्ष राईले जनाए ।
