
पूर्णपुष्टि, ६ चैत्र ।
गाईघाटमा भोली (बुधबार) देखी जुत्ता चप्पल महोत्सव २०८० सुरु हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित गाईघाटको पिपलचोक स्थित एक महिने महोत्सव सुरु गरिने भएको हो । महोत्सवबारे सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी गराएको हो ।

महोत्सवको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गर्ने जनाईएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्दै देशलाई राजश्वमा सहयोग पुराउने र बिदेशी आयतलाई नियन्त्रण गर्ने उदेश्य सहित गाईघाटमा पनि नेपाली ब्राण्डको जुत्ताहरुलाई महोत्सवको रुपमा प्रदर्शन गरिने जानाईएको छ । नेपालको जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको संयुक्त समुहहरुले महोत्सव गर्न लागेको हो । महोत्सवमा स्पोर्ट, बियर हिल, फर्सट् वाल्क, रोयल, डिजे प्रोडक्सन र क्रस रोडका ब्राण्डहरु सहभागी रहेको मेला संयोजक होमनाथ उपाध्यायले जनाए । मेलामा बिभिन्न स्किम र छुटहरुको व्यवस्था गरिएको उपाध्यायको भनाई छ ।
