Wednesday, April 22News That Matters

उदयपुरको नव उदय सामुदायिक वनमा पूरुषको शव फेला

पूर्णपुष्टि, भाद्र ३० । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित नव उदय सामुदायिक उपभोक्ता समूहको जंगलमा एक बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक त्रियुगा नगरपालिका–४ बगाहा निवासी ३८ वर्षीय बाल कृष्ण राई रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार मृतक राई घरमा सामान्य विवाद पश्चात् ३–४ दिनदेखि हराएका थिए। शनिबार बेलुका करिब ४ बजेतिर स्थानीय बासिन्दाहरूले घाँस र दाउरा संकलन गर्न जाँदा शव फेला पारेको डिएसपी चापागाईले बताए। स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलमा पुगी मुचुल्का तयार गरेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।