
पूर्णपुष्टि, असोज ११
उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोक मार्गमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुबै चालक घाईते भएको छ । हिजो दिउँसो साँढे १ बजेको समयमा मे. ५ प. ३२५२ नम्बरको मोटरसाईकल र को. २८ प. २८३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा मे. ५ प. ३२५२ नम्बरको चालक बेलका नगरपालिका–३ मा बस्ने ६५ बर्षीय खड्क नारायण श्रेष्ठ को बाँया खुट्टामा चोट लागी उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै को. २८ प. २८३६ नम्बरको मोटरसाईकल चालक बेलका नगपालिका–४ मा बस्ने ३३ बर्षीय राजेश बिष्ठ सामान्य घाईते भएकोले सामान्य उपचार गराई उनलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
