Monday, April 20News That Matters

ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

पूर्णपुष्टि, असोज ११
सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट ढिस्को झरी एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् ।
आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै रामकृष्णको मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के.एम.सी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कको प्रहरी टोलीले थप अनुन्धान गरिरहेको छ ।