Thursday, May 7News That Matters

उदयपुरको रौतामाईमा महिला सदस्यहरु विरुद्ध उजुरीको चाङ, काहाँकाहाँ परे दावी विरोध

पूर्णपुष्टि, बैशाख १३
उदयपुरको रौतामाई लगायत केही पालिकाहरुमा उम्मेदवारी दावी विरोधको उजुरी परेको छ । रौतामाईमा ४ जना महिला वडा सदस्यहरुको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । पालिका प्रमुख तथा उप्रमुख र वडाअध्यक्षहरुको उम्मेदवारीमा उजुरी नपरेपनि रौतामाईका ४ जना महिला सदस्यहरु विरुद्ध भने उजुरी परेको हो ।

यस्तै बेलका नगरपालिकामा पनि एकजाना सदस्य विरुद्ध उजुरी परेको बेलका नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिकाको ९ नं वडाका एक वडा सदस्यमाथी मनोनयन विरुद्ध पनि उजुरी परेको हो । अन्य पालिकाहरु त्रियुगा, चौदण्डीगढी, उदयपुरगढीमा भने कुनै पनि पदका लागि उम्मेदवारी माथी दावी विरोध परेको छैन् । उदयपुरमा ३९१ पदका लागि १५१२ जनाले मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रेका छन् ।