
पूर्णपुष्टि, बैशाख १३
नेकपा एमालेबाट ताप्लीमा बाबुराम राईले पालिका अध्यक्षका लागि टिकट शुनिश्चत गरेको छ । आउँदो स्थानीय चुनावलाई केन्द्रीत गर्दै राईले नेकपा एमालेबाट टिकट फिक्स गरेको हो । जनप्रिय नेताको रुपमा परिचित राई २०७४ सालकै स्थानीय चुनावमा पालिका अध्यक्षका लागि आकांक्षी रहे पनि पार्टीको आग्रह र एकवद्धतालाई समर्थन गर्दै सहकर्मिलाई जिताउन लागि परे । त्यो बेलाको चुनावमा नेकपा एमालेकै उम्मेदवार उद्धव सिंह थापाले जनताबाट पालिकाको जिम्मेवारी पाए ।
राईले पनि त्यो वेला दावी गरेको र टिकट पाएको अवस्थामा नेतृत्व पाउन सक्ने भएपनि इमान्दारीताको मुल सत्रलाई प्रयोग गर्दै उनले सहकर्मीलाई जिताउन सहयोग गरे । राई एमाले पार्टी भित्रका सहनशिल, कर्तव्यनिष्ठ, इमान्दारी र बौद्धिक नेताको रुपमा पनि स्थापित छ । पालिकामा एमालेको निकै पुरानो र क्रियाशिल मानिएका राईको ताप्लीवासीले रामा्रे व्यक्तिको रुपमा स्वीकार गर्ने गरेको छ ।
राईले पार्टीको घोषणा पत्र सँगै आप्नो व्यक्तिगत ऐजेन्डाहरु समेत तयार पारेर यो पटकको चुनावमा होम्मिएको छ । उनले आफ्नो उम्मेदवारीका कारण ताप्लीवासीहरुलाई सुखि र सहज वातावरणमा जिउन मदत पुराउन समग्र विकासको योजना तयार पारेको जनाए । लामो समयदेखी जिम्मेवारी पदमा पुगेर जनताको काम गर्न नपाए पनि पार्टी भित्र रहेर हरपल जनताको सेवामा आफ्नो लामो समय राजनितिक जिवनमै बितेको जनाए ।

५२ बर्षिय राईले आफ्नो राजनितिक जिवन ४४ सालबाट सुरु गरी करिब ३५ बर्ष लामो समय सोहि क्षेत्रमा विताईसकेको छ । उनले ४६ सालमा पार्टी सदस्यता प्राप्त गरी निरन्तर राजनितिकमा लागि परेका थिए । उनले यो अवसरमा जनताले आफुलाई जिताए ताप्लीवासीहरुलाई निरास नबनाउने प्रतवद्धता जनाए । त्यसका लागि हररात जनताको सेवामा आफ्नो भौतिक ज्यान र समय विताउने राई बताउँछन् । त्यहाँको एक कुसल समाजसेवी र सल्लाहकारको रुपमा समेत परिचित छन् । उनले ताप्लीको माटो बच्चा देखि यो अवस्था सम्मै नियालेको हुँदा पनि त्यहाँको जनजनको आवश्यकतालाई बुझेको बताए । पहिलो कुरा हरेक व्यक्ति, समाज र गाउँ टोललाई चिन्नु सक्नु पर्ने राईको धारणा छ । यी सबैलाई चिनिसकेपछि मात्र उनिहरुको आवश्यकताको बारेमा पहिचान हुने भन्दै त्यसमा आफु सक्षम रहेको राईको दावी छ । उनले हाल सम्म राजनितिक पेशाबाटै त्यहाँका जनताहरु सँग हातेमालो र सुख दुखमा सहयात्री गर्दै आएको छ ।
ताप्ली गाउँवासीको समग्र विकासका लागि मेरो उम्मेदवारी
राईले आफ्नो उम्मेदवारी समग्र ताप्लीवासीहरुको विकासमा फड्को मार्नका लागि रहेको जनाएको छ । उनले आफुमा कुनै लोपलालच र महत्वकांक्षी नभएको कारण खुलेरै जनताको काम र पालिकाको विकास गर्न सक्ने प्रतिवद्धता व्यक्त गरे । राईले यदी आफुले पालिकाको जिम्मेवारी पाईहालेमा जनताको आवश्यकलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने जनाए । उनले जनताहरुको दैनिकीलाई मध्यनजर गर्दै पालिकामा स्थानीय स्रोत र बजेटको आकारलाई ठुलो बनाउने जनाए । बजेटको भल्युम बढाएर विकासको कामहरुलाई सुरुवात देखी अन्य सम्मनै पुर्ति गर्ने जनाए ।
बजेट अपुगमा गर्दै गरेको विकासहरु बिचमै रोक्नुले पनि जनताहरु समस्यामा पर्ने भन्दै यसलाई पनि सुधार गर्ने जनाए । पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, वत्ति लगायत सिँचाई, कृषि पशुपालनमा पालिकाको लगानी रहने जनाए । साथै महिला, जेष्ठ नागरिक, अपाङगता व्यक्ति तथा गरिबीहरुको जिवनत स्तरमा समेत ठुलो परिवर्तन गर्ने राईको ऐजेन्डामा उल्लेख छ । राई पार्टीको ईलाका देखि क्षेत्रिय सदस्य हुँदै जिल्ला कमिटी सदस्य र हाल सचिवालय सदस्य तथा ताप्ली गाउँपालिकाको पार्टी इन्चार्जको महत्वपूर्ण जिम्मेवारीमा छन् ।
