
पूर्णपुष्टि, फागुन २७ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका– सिर्वानीमा आगलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको छ । बुधवार राति ९ बजे स्थानीय कृष्ण विकको गोठ ग्वालीमा अचानक आग्लागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको हो ।
घरबाट जोडिएको विद्युत शर्टभइ आगलागी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
आगलागीबाट ८ वटा बाख्रा, ३ वटा खशी र एउटा राँगा जलेर नष्ट भएको पीडित विककी श्रीमती कृष्णमायाले बताइन् । खरले छाएको ग्वालीमा रहेको पराल लगायत काठपातहरु पूर्णरुपमा जलेर नष्ट भएको कृष्णमायाले बताइन् ।
आगोलाइ दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएकोले अन्य क्षति हुनबाट जोगिएको स्थानीयको भनाई छ ।
आगलागीको नगर प्रमुख खगेन्द्र राईले अनुगमनसमेत गरेको छ । यसरी आगलागी हुँदा पीडितले तत्काल २५ हजार रुपैयाँसम्म राहत पाउने व्यवस्था छ भने कसैको घरमा आगलागी भएमा तत्काल पुनर्निर्माणको लागि ३ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइने व्यवस्था भएको प्रमुख राईले जानकारी दिए ।
