Wednesday, June 3News That Matters

चुहाडे भेटघाटमा ब्याड्मिन्टन प्रतियोगिता

पूर्णपुष्टि (उदयपुर), फागुन २७ ।
चुहाडे भेटघाट कवर्डहलमा हिजोबाट ब्याड्मिन्टन प्रतियोगिता सञ्चालन भइरहेको छ । आयोजक भेटघाट कवर्डहल तथा रेष्टुरेन्ट सञ्चालक बिक्रम खड्काका अनुसार खेलाडीहरुलाई खेल प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको हो । खुल्ला जुनियर डबल्स ब्याड्मिन्टन प्रतियोगिता भएको हो । प्रतियोगितामा २० टिमले भाग लिएका छन् ।
प्रतियोगितामा उदयपुर र सिरहा जिल्लाको विभिन्न ठाउँका खेलाडीहरुले भाग लिएका छन् । पहिलो चरणदेखि क्वाटर फाईनलसम्मको खेल हिजो नै सम्पन्न भइसकेको प्रतियोगिताको फाईनल खेल आज बेलुकासम्ममा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजयी प्रथम, दोस्रो र तेस्रो स्थानका खेलाडी जोडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
उदयपुरमा ब्याड्मिन्टन खेलको क्रेज बढेसंगै चुहाडेमा ब्यावसायिक ब्याड्मिन्टन खेलको सुरुवात स्वरुप बेलाबेला प्रतियोगिताको आयोजना हुदै आएको छ । त्यहाँ लाईभ म्युजिकसहितको रेष्टुरेन्टसंगै कवर्डहल निर्माण गरी नियमित ब्याड्मिन्टन खेल सञ्चालन भइरहेको छ ।