Monday, April 20News That Matters

उदयपुरको सुनिल भारतको टेङ्गा युनाईटेडमा अनुवन्धित

पूर्णपुष्टि, साउन ११
उदयपुरका सुनिल खड्का भारतको एक क्लवमा अनुवन्धित भएको छ । उनलाई भारतको अरुन्चल स्टेटडको टेङ्गा युनाईटेड नामक क्लवले १ महिनाको लागि अनुवन्धित गरेको हो । नेपालको बिभिन्न क्लवहरुमा ए डिभिजन बाट खेलीरहेको सुनिललाई भारतले १ महिनाको लागि खेल्ने अवसर दिलाएको छ । उनले गत सिजनको (ए) डिभिजन लिग जाउलाखेल युथ क्लबबाट खेलि सक्नुका साथै विराटनगर फुटवल क्लव बाट नेपाल सुपर लिग समेत खेलिसकेका छन् । गाईघाटका सुनिलले लामो समय देखि विभिन्न क्लवहरुमा आफ्नो राम्रो प्रदर्शन देखाईरहेको छ ।