Monday, April 20News That Matters

स्टार बढी फिटनेश क्लवकाे दशाै‌‌ वर्ष, स्वास्थ्य समाजका लागि याेगदान

  • विक्रम राई/गाईघाट
    पूर्णपुष्टि, साउन ८ ।

१० वर्षअघि गाईघाटमा स्थापना भएको स्टार बढी फिटनेश क्लव (जिमहल) युवाहरुको आकर्षणको केन्द्र बन्न सफल भएको छ । असार ३ गते १० औं बार्षिकोत्सव मनाउदासम्ममा क्लवले हजारौं युवालाई बढि फिटनेशको अवसर दिएको छ । क्लवमा शारीरिक अभ्यासका अत्याधुनिक मेशिन तथा सामग्री छन् । सञ्चालक हरि राई आफै पनि बडिबिल्टर हुन् । लामो अध्ययन, तालिम र अनुभवका साथ यस क्षेत्रमा पाइला टेकेका राईले अहिले आप्mनो जीवनको खास लगानी र समय यसैमा लगाएका छन् । “यसले स्वास्थ्य समाज निर्माणमा टेवा पुर्याउदछ ।” राईले भने “यसैबाट देशमा केही गर्न चाहन्छु ।”

काठमाठौंमा तालिम लिई राईले आप्mनै ठाउँमा सुरुवात गरेका हुन् । गाईघाटमा  २०६९ सालमा पहिलो पटक स्टार वडी फिटनेस क्लव स्थापना भएको थियो । जिल्लाकै पुरानो र पहिलो फिटनेस क्लवको इतिहास बनाएको छ । यस अवधीमा क्लवले दुई पटक शारीरिक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ । २०७१ सालको जेठ र चैत्रमा सम्पन्न प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको बडिबिल्डर निर्णायकहरुको उपस्थितिमा भएको थियो । जेठमा जिल्ला स्तरीय र चैत्र अञ्चल स्तरीय प्रतियोगिता थियो ।

क्लवको सुरुवातीसंगै उदयपुरमा पनि बडिविल्डिङमा युवाहरुको आकर्षण बढेको हो । बढिबिल्डिङ मात्र नभई शरीरलाई स्फुर्ती र तन्दुरुस्ती बनाउन नियमित अभ्यासमा आउने सयौं सदस्य छन् । निश्चित शुल्कमा विभिन्न प्याकेजमा अभ्यास गर्न आउने÷जाने क्रम चलिरहेको हुन्छ । सरकारी कर्मचारीहरुदेखि ब्यापारी, ब्यवसायी, विद्यार्थीसम्म क्लवका सदस्य छन् ।

सञ्चालक राईका अनुसार क्लवले मानिसलाई शारीरिक र मानसिकरुपमा स्वस्थ्य र स्फुर्ती बनाउदै युवाहरुलाई सिर्जनशिल सोच र आकर्षक शारीरिक सुगठन बनाउनमा प्रेरित गर्दैआएको छ । सो क्लवबाट थुप्रै खेलाडीहरु उत्पादन भएका छन् । उनीहरुले जिल्लाभित्र र बाहिरका बिभिन्न प्रतियोगितामा भाग लिएर उपाधीहरुसमेत हात पार्न सफल भएका छन् ।

फिटनेसको लागि सहज र सरलताको निम्ति अत्याधुनिक मेशिनहरु छन् । त्रियुगा नगरपालिका ११ संगमटोलमा रहेको छ । शारीरिक फिटनेशको लागि जिमहल उपयुक्त भन्ने बुझाई र ब्यवहारिक देखिए पछि अहिले जिल्लाको विभिन्न ठाउँमा खुलेका छन् ।