उदयपुरको ३९ विद्यालय राष्ट्रपति सुधार कार्यक्रमका लागि छनौट

पूर्णपुष्टि, भदौ ३१ गते ।
सरकारले उदयपुर जिल्लाको ३९ विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका ३ हजार ४ सय ७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय छनोटमा परेको हो ।
। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ४५ लाख, दुईकोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
जिल्लाको उदयपुरगढी गाउँपालिका अन्तर्गत ६ वटा विद्यालय मध्ये २ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन २ वटा विद्यालय छनौट भएका छन् ।
कटारी नगरपालिकाका अन्तर्गत ५ वटा मध्ये १ वटामा चार कोठे भवन निर्माण, १ वटामा दुई कोठे भवन निर्माण र ३ वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि विद्यालय छनौट भएका छन् ।
चौदण्डीगढी नगरपालिकामा ५ मध्ये १ वटामा चार कोठे भवन निर्माण, ३ वटामा दुई कोठे भवन निर्माण र १ वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ ।
ताप्ली गाउँपालिकामा ४ं मध्ये १ वटामा चार कोठे भवन निर्माण, १ वटामा दुई कोठे भवन निर्माण र ं२ वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि विद्यालय छनौटमा परेको छ ।

त्रियुगा नगरपालिकामा ६ वटा मध्ये २ वटामा चार कोठे भवन निर्माण, एउटामा २ कोठे भवन निर्माण र ३ वटामा आइसिटी ल्याव व्यवस्थापनका लागि छनौटमा परेका हुन् ।
बेलका नगरपालिकामा ४ वटा मध्ये २ वटामा आइसिटी ल्याब व्यवस्थापन र १÷१ वटा विद्यालयमा चार कोटे र दुई कोठे भवन निर्माणका लागि छनौट गरिएको छ ।
यस्तै, रौतामाई गाउँपालिकामा १÷१ वटामा चार कोठे र दुई कोठे भवन निर्माण र २ वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि २ विद्यालय छनौटमा परेका छन् । लिम्चुङबुङ गाउँपालिकामा २ वटा विद्यालयमा चार कोठे भवन, १ वटामा दुई कोठे भवन र २ वटामा आइसिटी ल्याब व्यवस्थापनका लागि छनौट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0