Saturday, June 13News That Matters

आईतवार त्रियुगामा जितियाको विदा

पूर्णपुष्टि, भदौ ३१ गते ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्र जितिया पर्वको अवसरमा आईवार सार्वजनिक विदा दिने निर्णय आज गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मान वनका अनुसार असोज २ गते थारु समुदायको महान पर्व जितियाको अवसरमा विदा गरिने निर्णय भएको हो ।
नगरभित्रका कार्यालय, मातहतका सवै वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) बन्द रहने छ ।