
पूर्णपुष्टि, फागुन १३ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ नागवेली बस्ने टिक बहादुर मगरको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । मगरको काठको बेरा र फुसको छानो भएको २ तल्ले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायब उपरिक्षक राकेश कुमार पोदारले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट घरमा रहेको अन्नपात, भाडा बर्तन, लताकपडा, र घर समेत पुर्ण रुपमा जली अन्दाजी ५ लाख बराबरको क्षती भएको छ । आगलागीबाट मानविय तथा चौपाय केही क्षती नभएको प्रहरीले जनाएको छ । शुक्रबार राती ८ बेजबाट लागेको आगो स्थानियबासिहरुको सहयोगमा ९:३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी के कारण भयो भन्ने कुरा नखुलेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
