
पूर्णपुष्टि, जेष्ठ २
उदपुरगढीमा गठबन्धनले सानदार जीत निकालेको छ । गठबन्धनबाट अध्यक्षमा मान वहादुर केप्छाकी मगरले ४९४२ मत प्राप्त गर्दै बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका गोपाल खत्रीले ४११४ मत प्राप्त गरी पराजित भएका छन् । निर्वाचित केप्छाकी यसअघि पनि उदयपुरगढीको अध्यक्ष भैसकेका व्यक्ति हुन् । यस्तै उपाध्यक्षमा पनि गठबन्धनकै जित वहादुर खड्काले जित निकालेको छ । उनले ४६४८ मत प्राप्त गरी उपाध्यक्षमा जित हाँसिल गरे ।

खड्काका प्रतिस्पर्धी एमालेकी सोभा कुमारी मगरले ३८६३ मत प्राप्त गरेकी थिईन् ।
उदयपुर गढीमा गठबन्धनका उम्मेदवारले सुरुवात देखि नै अग्रता बनाउँदै आएका थिए । सो गाउँपालिामा १२०८५ जनाले मतदान गरेका थिए । गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएसँगै गठबन्धनका कार्यकर्ताहरु बिजय उत्सव मनाउँद्यै खुसी व्यक्त गर्न थालेका छन् ।

