उदयपुरबाट हराएका खोटाङका ३३ वर्षीय युवक मृत्य भटिए

पूर्णपुष्टि, मंसिर ५
उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाडाबाट गत कात्तिक २९ गते रातिदेखि बेपत्ता बनेका युवक शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेको हो ।
मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति राजदेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमार मंसिर २ गते जाहेरी दिएका थिए ।
कात्तिक २८ गते बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई गाडी रिजर्भ गरेर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारमा राखेकैबेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालयटोलमा भेटिएका थिए । पुन उपचारमा लैजान खोज्दा ‘ठीकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो । ३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेका कारण उनलाई अघिल्लो दिन राति गाईघाटबाट खोटाङ हिँडाइएको सभापति राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0