Monday, June 1News That Matters

उदयपुरबाट ४ जना महिला उम्मेदवार

पूर्णपुष्टि, असोज २७ गते ।
उदयपुरबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट २ जना र प्रदेश सभाबाट २ जना गरि ४ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एमालेकी मञ्जु कुमारी चौधरी र क्षेत्र नं. २ बाट जनजागरण पार्टीकी विन्दाकुमारी कटुवालको उम्मेदवारी रहेको छ ।
त्यस्तै, प्रदेशसभामा क्षेत्र नम्बर १ (क) बाट सचेत नेपाली पार्टीकी कल्पाना सापकोटा र प्रदेश सभामा क्षेत्र नं. २ (ख) बाट राप्रपाकी माला तामाङले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र १ र २ गरी २ प्रतिनिधिसभामा २८ र ४ प्रदेशसभामा ३६ गरी उदयपुृरमा ६४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।